डडेल्धुरा। नेपाली कांग्रेस डडेल्धुराको ७ औ जिल्ला अधिवेसन अन्तरगत आज सम्पन्न वडा अधिवेसन नतिजाको नजिक पुगेको छ । निर्बाचन समितिले दिएको समय सिमा सकिनै लाग्दा सहमति र मतदान भएका ठाँउहरुमा मतदान प्रक्रिया पश्चात मतगणनाको कार्यपनि अन्तिम चरणमा पुगेको छ ।
कुनै ठाउमा सहमती र कुनै ठाउमा निर्बाचन भएकाले भोली मात्रै जिल्लाको बिबरण दिन सकिने केन्द्रिय निर्बाचन प्रतिनिधि लोकेन्द्र बहादुर बमले बताए । आज धेरै टाढाबाट पनि जिल्ला आउनुपर्ने भएका कारण फोनबाट बिबरण आएकाले आधिकारिक सहमती वा मत परिणाम भोली शनिबार प्रष्ट हुने प्रतिनिधि बमले जानकारी दिएका छन् ।
जिल्लाको अमरगढी नगरपालिकाका ११ वडा मध्ये वडा नं २, ३, ५, ६, ७ र वडा नं १० मा सर्बसम्मती बाट उमेदवार चयन भएका छन । वडा नं ९ लगाएतका केहि वडामा निर्बाचन भएको र वडा नं ८ मा अधिवेसनको प्रक्रिया अगाढी न बढेको स्रोतको भनाई छ । १२ वटा वडा रहेको परशुराम नगरपालिकामा अधिकांस वडाहरुमा सहमती र केहि वडाहरुमा कुनै पदका लागी मात्रै निर्बाचन भएकाले मतगणना जारि रहेको नेता अर्जुन साउंदले बताए ।
८ वटा वडा रहेको आलिताल गाउंपालिकाका ८ वटै वडामा सहमती भएको र बेलुका सम्म सबै टुङ्गो लाग्ने आलिताल गाउंपालिका अध्यक्ष बल बहादुर गुरुङले बताए । ५ वटा वडा रहेको गन्यापधुरा गाउंपालिकामा सबै वडामा सर्बसहमती भएको र आज समय सिमा सकिएका कारण भोली बिहान ११ बजेको समय भित्र बिवरण बुझाउने गन्यापधुरा गाउंपालिका अध्यक्ष नबल बहादुर मल्लले बताए । जिल्लाको अजयमेरु गाउंपालिकाको वडा नं १, २, ४, ५ र ६ मा सर्बसम्मत रुपमा अधिवेसन सम्पन्न भएको छ । भने वडा नं ३ मा अर्को दिन हुने स्रोतको भनाई छ । जिल्लाको भागेश्वर गाउपालिका र नबदुर्गाका वडाहरुमा अधिवेसन प्रक्रिया सहमति र निर्बाचनका आधारमा सम्पन्न भैरहेको जनाइएको छ।