धनगढी । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजेश खातीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गरेका छन् ।
सुप मिडियाको एस टि भि टकमा दिनेश बिष्टसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो दलले कारबाही गरेर निस्कासन गरेर माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको समेत उनले आरोप लगाए ।
उनले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले दलको ह्वीप उलंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको ? भनि सभामुख सापकोटालाई प्रश्न समेत गरे । भिडियो मा हेर्नुहोस