धनगढी : सुदूरपश्चिम सरकारमा नेकपा एकिकृत समाजबादी पार्टी र माओवादी केन्द्रनै रहने आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी सरकारकी प्रवक्ता पुर्णा जोशीले बताएकी छिन् । नेकपा एसमा खुल्ने प्रदेशसभा सदस्यको संख्या १४ पुगेसंगै नेकपा एस र माओवादी गठबन्दनको सरकार सुरक्षित रहेकाले अरुको आवश्यक्ता नरहेको जोशीले बताएकी हुन् ।
सुप मिडियाको एस टि भि टक कार्यक्रममा कार्यक्रम सञ्चालक दिनेश बिष्ट संग कुराकानी गर्दै मन्त्री जोशीले सरकारमा नेकपा एस र माओवादीको बहुमत भएकाले दुइटै दलको सरकार चल्ने बताइन् । उनले भनिन् ‘केन्द्रमा काग्रेंस नृतृत्वको सरकारमा नेकपा एसले सहकार्य गरेको छ भन्दैमा प्रदेशमापनि सहकार्य हुनुपर्छ भन्ने छैन यहाँ हामी दुई दलकै बहुमत छ तत्काल यही सरकारले निरन्तरता पाउँछ ।’
अहिले मुख्यमन्त्री नेकपा एसले पाउँछकी भन्ने प्रश्नमा उनले केन्द्रको सहमती र निर्देशन कुर्नुपर्ने बताइन् । उनले भनिन् ‘तत्काल मुख्यमन्त्री मन्त्री परिवर्तनको कुनै तयारी छैन खाली मन्त्रालयमा मन्त्री नियुक्त हुन्छन् मुख्यमन्त्री परिवर्तनका लागी अहिले कुनै तयारी छैन ।’
एमाले अध्यक्ष केपी सर्मा ओलीले समाजबाद उन्मुख भएर काम गर्नुपर्ने ठाउँमा प्रधानमन्त्री भएका बेला भ्रस्टाचार हाबी गराएको दावी गर्दै जोशीले बाध्यताबस नयाँ पार्टी खोल्नु परेको बताइन् । जो माधव कमरेडका अगुवा थिए उहाँहरुलेनै बिच बाटोमा छोडेर जानुभयो उनले भनिन् ‘हामी ब्यक्तिगत स्वार्थमा नडुबेर निस्ठाको राजनितिमा लाग्यौँ र माधव नेपाललाई साथ दिएका हौँ पद त अस्थाई हो कहिले रहला कहिले नरहला ।’
ठुलै हुँ भन्ने नेताको वास्तविकता जनताले थाहा पाउने र नेकपा एकिकृत समाजवादी पार्टी सुदूरपश्चिममा बलियो बन्दै जाने उनको भनाई छ । बिस्तारै सबै कार्यक्रता र जनता सत्यकै पक्षमा उभिने मन्त्री जोशीको तर्क छ ।