धनगढी : रिलायबल इन्स्योरेन्स अत्तरिया साखाको उत्कृष्ट ब्यवसाय गर्ने ब्यक्तिगत कोडमा तुलसी प्रशाद जोशी र एजेन्सी मेनेजरमा चन्द्रा कुमारी बिष्ट सम्मानित भएका छन् । आज अत्तरियामै तिज बिशेष एजेन्सी मेनेजर, अभिकर्ता पुनर्ताजगीकरण तथा सम्मान कार्यक्रम आयोजना गर्दै उनिहरुलाई सम्मानित गरिएको हो ।
सोही अवशरमा अभिकर्ता सोभा चौधरी, टिम ब्यवसयमा एमन जोशी टप एजेन्सी मेनेजर सोभा चौधरि,कल्पना कुवर, वसन्त भाट, आरती सुवेदी, रत्ना कुमारी कुवर, बिरेन्द्र कुवर, गङ्गा कुमारी कापडी, दुर्गा बोगटी, जनकी जेठेरापनि सम्मानित भएका छन् ।
यस्तै सक्रिय अभिकर्ता बसन्ती कुवर, मन्जु चन्द, अस्था चौधरी , कमल चौधरी , उपेन्द्र सर्मा सुनिता भाट, बिमल चौधरी , खुशीराम चौधरी , राजेन्द्र भण्डारी, पवनदेवी रावल, अनिता कुमारी भट्ट , अ्मर बहादुर शिहंपनि सम्मानित भएका छन् ।
बर्षभरी उत्कृष्ट काम गर्ने एजेन्सी मेनेजर, अभिकर्ताहरुलाई सम्मान गर्ने कार्यक्रम अनुरुप आज तिजको अवशरमा कार्यक्रम आयोजना गर्दै सम्मान गरेको रिलायबल इन्स्योरेन्स अत्तरिया साखा प्रमुख धर्म सिहं कुवरले बताए । साथै १ लाख भन्दा बढी बिजनेस गर्ने अभिकर्ताहरुलाई समेत सम्मान गरिएको भन्दै उनले अर्को बर्ष अझै सक्रिय बनेर राम्रो उपलब्धि हुने अपेक्षा लिएका छन् ।
यस्तै साखाले आफ्नो चौथो बार्षिक उत्सवको अवसरमा गत मंगलबार कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको सुदूरपश्चिम समावेशी विद्यालय अत्तरियालाई खाद्यान्न सहयोग गरेको थियो । साखाले ३ कट्टा चामल,४ केजी मसुर अरर दाल, २ लिटर खाने तेल, २ दर्जन नुहाउने र कपडा धुने साबुन गरि करिब साढे ५ हजार बराबरको सामान वितरण गरिएको रिलायबल इन्स्योरेन्स अत्तरिया शाखाका प्रमुख धर्म सि कुवरले बताए ।
२०७४ भदौ १५ गतेदेखि स्थापना आएको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड जीवन बीमा सम्बन्धि पोलिसी बिक्री गर्दै आएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६४ मंसिर १८ गते नै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई झण्डै १० वर्ष पछि अर्थात २०७४ साउन १८ गते बीमा समितिबाट जीवन बीमा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र ‘लाइसेन्स’ प्राप्त गरेको थियो । कम्पनीले गत असार मसान्त सम्ममा ३६ लाख ९ हजार ६७८ वटा पोलिसी बिक्री गर्न सफल भएको जनाएको छ ।
जारी भएको पोलिसी संख्याको आधारमा कम्पनीको बजार हिस्सा सर्वाधिक धेरै ३४ दशमलब २६ प्रतिशत रहेको छ । कम्पनीका प्रवर्द्धकहरुमा ग्लोबल आइएमई बैंक, सेञ्चुरी कमर्सियल बैंक तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी, बैंकर, अर्थशास्त्रीहरु लगायतका व्यक्तित्वहरुको प्रतिनिधित्व रहेको छ ।
कम्पनीले ७ वटै प्रदेशमा प्रदेश कार्यालयहरु सहित विभिन्न स्थानहरुमा शाखा तथा एजेन्सी कार्यालयहरु सञ्चालनमा ल्याएको छ । हाल ८२ वटा भन्दा धेरै शाखा कार्यालय मार्फत जीवन बीमाको सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।