कैलाली । कैलालीको गोदावरी नगरपालिका ११ का वडा अध्यक्ष शिव बिकले नेकपा (एस) को पक्षमा सनाखत गरेका छन् । मंगलबार आज प्रदेश निर्वाचन कार्यालय पुगेर उनले समाजबादीको पक्षमा सनाखत गरेका हुन ।
विकले मंगलबार प्रदेश निर्बाचन कार्यालय धनगढी पुगेर एकीकृत सामाजवादीको पक्षमा सनाखत गरेका हुन । उनीसंगै वडा नम्बर १ की वडा सदस्य लाली देवी बिकले पनि एकीकृत समाजवादीमा सनाखत गरेकी छिन ।वडा अध्यक्ष बिक बिगतमा नेपाल समुहमा रहँदै आएका थिए । यस अघि गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत ,वडा नम्बर ५ का अध्यक्ष कर्ण बोहराले पनि समाजबादीको पक्षमा सनाखत गरिसकेका छन् ।