धनगढी। मंगलबार सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुर भिमदत्त १६ का ६० बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई भदौ २० गते देखी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ६ः१५ मा मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रयोगशाला परिक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा १ सय १६ जनाको नमुना संकलन गरी परिक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै १सय १ जनाको रिर्पोट नेगेटिभ आएको छ । हाल अस्पतालमा १७ जना जना बिरामी उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ जना बिरामी निको भई घर फर्किएकोमा थप २ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन् । अस्पतालको आईसियुमा ६ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेका छन् ।