धनगढी। नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान इच्छुक प्रदेशसभा सदस्यर स्थानीय तहका जनप्रतिनिधिका लागि तोकिएको समयसीमा आज सकिदै छ।
सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका अधिकारी प्रेम भट्टले दल रोज्न पाउने व्यवस्थाकोलागी आज सम्मको समयसीमा तोकिएको जानकारी दिए।
उनले भने आज (भदौ २२ गते) ५ बजेसम्म मात्रै सनाखत हुने जानकारी दिए। यसअघि सोमबारसम्म सुदूरपश्चिम प्रदेश सभामा एमालेबाट निर्वाचित १४ जना सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्। यस्तै कैलालीका ५२ जना स्थानीय जनप्रतिनिधिले पनि एमाले छाड्दै एकीकृत समाजवादी रोजेका छन्। दल बदल्नका लागि प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले स्वयम आफै निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ।