बाजुरा। बाजुरामा भीरबाट लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका–४ का ४० वर्षीया धनबहादुर उखेडा भीरबाट लडेर घाइते भएका थिए।
लडेर घाइते भएका उखेडाको उपचारको क्रममा नेपालगञ्ज लग्दै गर्दा बिच बाटोमै मृत्यु भएको हो। यसअघि घाइते उखेडाको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपालगन्ज रेफर गरिएको थियो।