बैतडी। नेकपा (एकीकृत समाजवादी) पार्टीले बैतडीमा जिल्ला कार्यालय स्थापना गरेको छ । नेकपा एमालेबाट औपचारिक रुपमा विभाजन भएपछि जिल्ला सदरमुकाममा पार्टी कार्यालय स्थापना गरिएको नेकपा (एकीकृत समाजवादी)पार्टीका जिल्ला कमिटि सदस्य दिनेशप्रसाद भट्टले बताए ।
एमाले फुट्नु अघि बनाएको समानान्तर कमिटिका १६५ जना नेकपा एकीकृत समाजवादीमा समाहित भएका उनले जानकारी दिए। जिल्ला पार्टी अध्यक्ष महादेव भट्टले आइतबार कार्यालयको उद्दघाटन गरेका हुन् ।
यसैबीच बैतडीमा अहिले सम्म २० जना प्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले जानकारी दिए । निर्वाचन आयोगले भदौ २२ गते सम्म सनाखत गर्ने समय तोकेको छ । पार्टीमा जनप्रतिनिधिहरुले सनाखत गर्ने समय बाँकी रहेकाले अझै धेरैले नेकपा एकीकृत समाजवादी सनाखत गर्ने जिल्ला कमिटि सदस्य भट्टले दाबी गरे ।