धनगढी । कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेकी छिन् । उनले आज प्रदेश निर्बाचन कार्यालय धनगढी पुगेर समाजबादीको पक्षमा सनाखत गरेकी हुन ।
गोदावरी नगरपालिकामा एमालेबाट निर्बाचित जनप्रतिनिधी ३२ जना छन् । ति मध्य ५ जनाले समाजबादी रोजेका छन् । यस्तै नगरपालिकाकी उपप्रमुख रत्ना कडायत , वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण बोहरा, वडा सदस्य कमल सिं राना, वडा नं ६ का वडा सदस्य धन बहादुर खड्का , वडा नं ३ की सदस्य रामपत्ति चौधरीले समाजबादी रोजेका छन् ।
बिगतमा माधव नेपाल समुहमा रहेका वडा नम्बर ११ का वडा अध्यक्ष शिव बिक भने सनाखत गर्न आज गएनन् । उनले आफुले कुन पार्टी रोज्ने अहिले केही निर्णय नगरेको र भोली सम्म टुङो लाग्ने जानकारी दिए।