धनगढी : कैलालीको गोदावरी नगरपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तीकारीको) भेला सम्पन्न भएको छ । भेलाबाट जानकी जेठाराको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि अनुमोदन गरिएको छ ।
संघको उपाध्यक्षमा हजारी बिष्ट र मञ्जु बोहरा, सचिवमा चन्द्रा बिष्ट, सह सचिवमा हेमा बिष्ट, कोषाध्यक्षमा मनिशा राना सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा उसा लामिछाने, इन्द्रा ओली, पार्वती बोहरा, पुस्पा धामी, हेमा राना शाही, बशन्ती खुना, बिस्ना चौधरी, अलु चौधरी, अनिता चौधरी, बिन्द्रा राना, तुलसी बिष्ट, बिमला चौधरी, दिपा बिक, सरस्वती बोहरा चयन भएका छन् ।
यस्तै कबिता बलायर, सिता शाही, सुनिता चन्द, जयन्ती बिक, सातु ऐर, तिलसरी मण्डल, गंगा देवी साउँद, रुपा चौधरी, तेज देवी खड्का, खिमा देवी चौधरी, कमला नेपाली, पारु थापा, दुर्गा शाह, शुसिला चुनारा, रमिता चौधरी कोली, यसोदा देवी साउँद, मनिसा राना, अनिता चौधरी, पार्वती भण्डारी, लक्ष्मी चुनारा, कित्थी ढोली र हिरा नेपाली सदस्यमा चयन भएका हुन् । अन्यलाई मनोनित गर्ने गरी भेलाले अनुमोदन गरेको हो ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तथा राष्ट्रियसभा सदस्य हरिराम चौधरी (उत्सव) को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा अनेमा संघ (क्रान्तीकारी) की कैलाली जिल्ला अध्यक्ष शरु थारु, पुर्व केन्द्रिय सल्लाहकार सदस्य मेघराज भट्ट, माओवादी केन्द्र गोदावरी नगर संयोजक तथा कैलाली जिल्ला कमिटि सदस्य धर्म कुँवर, जिल्ला सदस्य एवं सह संयोजक तिलक चौधरी, मदन कठायत, जिल्ला सदस्य शेर बहादूर बिष्ट, दिनेश शाह, जगत धामी, प्रदेशसभा सदस्य कुन्ती जोशी बिषिस्ट अतिथि रहेका थिए ।
अखिल नेपाल महिला संघ (क्रान्तीकारी) की केन्द्रिय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज बिमला सिहं, केन्द्रिय सदस्य उर्मिला चौधरी, जिल्ला उपाध्यक्ष जनकी सिहं लगायतको आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
पार्टी पुरानै अवस्थामा फर्के संगै नगर, वडा देखी टोलसम्म पार्टी र भात्रृ संगठनका भेला आयोजना भइरहेको माओवादी केन्द्र कैलाली सदस्य तथा गोदावरी संयोजक धर्म शिहं कुवरले बताए । पार्टीलाई थप शसक्त बनाउन सबै कार्यक्रता सक्रिय रहेको उनले बताए ।