काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दार्चुला जिल्लामा नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलीकप्टर उँडिरहेको विषयमा सरकारलाई जानकारी भए नभएको बारे प्रश्न गरेका छन्।
रावलले ट्वीटरमा लेखेर सरकारलाई हेलीकप्टर निरन्तर उडेको विषय थाहा छ कि छैन भन्दै प्रश्न गरेका हुन् । उनले नेपाल सरकारले हेलीकोप्टर उड्नको लागि अनुमति दिएको हो भने के प्रयोजनको लागि अनुमति दिइएको हो भनेर जानकारी दिन पनि भनेका छन् ।
‘दार्चुला जिल्लामा नेपालको हवाई क्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ?,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’