काठमाण्डौ। नेकपा एमाले नेता लेखराज भट्टले आफु नै अहिले पनि सुदूपश्चिम प्रदेश इञ्चार्ज भएको दाबी गरेका छन्।काठमाण्डौमा एक टेलिभिजन अन्तवार्तामा नेता भट्टले आफू नै एमाले सुदूरपश्च्मिको इञ्चार्ज भएको दाबी गरेका हुन्।भट्टले भने,‘मैले बुझे अनुसार अहिले कुनै निर्णय भएको छैन। इञ्चार्ज म नै हो। मलाई हिजो पनि अध्यक्ष केपी ओलीले भनेको कुरा त्यही हो । ,’
अध्यक्ष केपी ओलीलाई आफुले हिजो पनि भेटेका र तपाईलाई इञ्चार्जबाट नहटाएको भनेको भट्टले भने। २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनको चरण सुरु भएपछि भट्ट इञ्चार्जबाट स्वतः हटेर भीम रावल इञ्चार्ज भएको चर्चा थियो। तर भट्टले अहिले पनि एमाले सुदूरपश्चिमको इञ्चार्ज आफू नै रहेको दाबी गरेका हुन्। ‘यो नयाँ एमाले हो। पुरानो एमाले सोच्नु भएन्,’ उनले भने ‘म इञ्चार्ज हो १० बुद्धे कार्यान्वयले केही फरक पर्दैन यो नयाँ एमाले पार्टी हो।’ विगतमा भीम रावल एमाले सुदूरपश्चिमको इञ्चार्ज थिए भने माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट थिए।
दुई पार्टीबीच एकिकरण भएपछि नेकपा सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी रावलले नै पाएका थिए। प्रदेश समितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा भट्टलाई बोलाउने गरिएको थियो। त्यो समयमा दुबै नेताबीत सम्बन्ध राम्रै थियो।नेकपामा हुँदा रावल ओलीको चर्को विरोध गर्न थाले भने ओली क्याबिनेटमा मन्त्री पाएपछि भट्ट पुष्पकमल दाहाल प्रचण्डबाट टाढिएर ओली नजिक भए। त्यसपछि रावल र भट्टबीच पनि दूरी बढ्यो। संसद विघटनपछि भट्टले ओलीलाई साथ दिए भने रावलले प्रचण्ड र माधवकुमार नेपाललाई साथ दिए। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पनि भट्ट माओवादी केन्द्रमा गएनन्। उनलाई एमाले स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इञ्चार्ज बनाइयो। रावलले भने माधव समूहमा रहेर ओलीको चर्को विरोध जारी राखे। तर प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तीपछि रावलले पनि नेपाललाई साथ दिएनन्। उनले सयुक्त कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै एमाले विभाजनको विरोध गरे।