धनगढी । नेकपा एमाले विभाजन भएसंगै जनप्रतिनिधिहरु दल रोज्ने र पार्टिमा सनाखत गर्ने क्रम तिब्र बनेको छ। १० जना प्रदेश सांसदले जनाले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरिसकेका गरेका छन् भने यसअघि कैलालीको मोहन्याल गाउँपालिका उप्रमुख सहित ३ जनाले समाजवादीमा सनाखत गरेका थिए ।
यस्तै जिल्ला समन्वय समिति कैलालीका उपप्रमुख सहित ३ जनाले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । समन्वय समितिका उपप्रमुख सुन्दरी चौधरी, सदस्य मालतीदेबी विक र देवी भण्डारीले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । समन्वय समितिमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ । समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउँदले पनि आइतबार सनाखत गर्ने नेकपा समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए ।
उनका अनुसार बुढा र साउँद यसअघि नेपाल समूहका खुलेका थिए । जिसस प्रमख सूर्यबहादुर थापा भने एमालेमै छन् । ९ जनाको जिल्ला समन्वय समितिमा तीन जना जनता समाजवादी पार्टी ९जसपा०का सदस्य छन् । जसपा विभाजित भएपछि उनीहरू कतै पनि खुलेका छैनन् । जसपा विभाजित बनेपछि महन्त ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)दर्ता गरिएको छ । निर्वाचन कार्यायले भदौ २२ गते सम्मका लागि दल राज्ने समय दिएको छ ।