कञ्चनपुर। कञ्चनपुरमा पनि विद्यालय खोल्ने निर्णय गरिएको छ । कञ्चनपुरमा पनि विद्यालय सञ्चालन गर्न शुक्रबार बसेको बैठकले भदौ १८ गतेदेखि बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले आदेश जारी गर्दै अर्को व्यवस्था नभएसम्म भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने आदेशमा उल्लेख गरिएको छ। जारी आदेशमा सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ। यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गरिए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको पालना गर्नुपर्ने भनिएको छ।
त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको र स्वास्थ्य मापदण्ड नअपनाएको भेटिए तत्काल विद्यालय बन्द गरिने आदेशमा उल्लेख छ। यस्तै अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिक रुपमा पूजाअर्चना गर्ने, जात्रा महोत्सव गर्न, भोज भतेर गर्ने जस्ता कार्य गर्न नपाइने आदेशमा उल्लेख गरेको छ ।