धनगढी। सेती प्रादेशिक अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमित उपचाररत बैतडीका एक जना र अछामका एक जनाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार आईसियुमा उपचाररत बैतडीको दशरथचन्द नगरपालिका-८ का ३१ बर्षिय पुरुषको आज बिहान मृत्यु भएको छ । यस्तै आईसियुमै उपचाररत अछामको साफेबगर नगरपालिका – ५ का ५१ बर्षीय पुरुषको मंगलबार राती मृत्यु भएको हो । हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।
ति मध्ये २ जनाको आईसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय ५८ नमूनाको कोरोना परिक्षण गरिएकोमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ जना निको भई घर फर्किएका छन् । थप ५ नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।