धनगढी । लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजालाई संरक्षण गर्नुपर्छ भन्ने अभियानमा युवाहरु लागेका छन् । पछिल्लो समय पश्चिमा संस्कृतीले परम्परागत र मौलिक नेपाली पञ्चेबाजा लोक हुदै गईरहेको अवस्थामा पञ्चेबाजा संरक्षणमा युवाहरु लागेका हुन्।
यसै अन्तरगत लोपहुँदै गरेको पञ्चेबाजालाई संरक्षण गर्नुपर्छ भन्ने उदेश्यका साथ धनगढीमा बाजा वितरण गरिएको छ । युवा नेता खडक नागरीद्धारा पञ्चेबाजा संरक्षणको लागि धनगढी उपमहानगरपालिका वडा नम्बर १ का स्थानियलाई ६ सेट बाजा वितरण गरेका छन्। परम्परागत रुपमा बजाईने र मौलिक नेपाली पञ्चेबाजा अन्तरगत दमाउ, दाहिने दमाउ बितरण गरेका हुन् । युवा नेता खडक नागरीले लोप हुँदै गरेको बाजालाई संरक्षण गर्नुपर्छ भनेर सबैमा यो अभियान संचालन गर्ने जानकारी दिए ।
पाशात्य संस्कृती र पश्चिमा संस्कृती हावी भैरहेका बेला परम्परागत र मौलिक नेपाली पञ्चेबाजा लोप हुने बुढापाकामा चिन्ता थपिएको बेला यसरी पञ्चेबाजा संरक्षण अभियानमा जुट्दा नेपाली संस्कृती संरक्षणमा थप सहयोग पुग्ने आशा ब्यक्त गरिएको छ । त्यसप्रती यूवाहरुले भने पन्चेबाजा संरक्षणका चासो दिन थालेका छन्। प्राय विवाह–ब्रतबन्ध तथा शुभकार्यहरुमा बजाउने पन्चेबाजाको साटो पछिल्लो समय ब्याण्डबाजा तथा अन्य बाजाहरु लोकप्रिय हुन थालेका छन । ति बाजाहरुले नेपालीको मौलिकपन मात्र नभई संस्कृती र संस्कार समेत हराउने चिन्ता गर्दै आफूहरु पन्चेबाजा मात्र नभई नेपालीहरुको संस्कृती संरक्षणमा लागिपरेको युवाहरुको भनाई छ ।