धनगढी। सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमित अछामको साफेँबगर नगरपालिका ९ का पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालको जनरल आइसीयूमा उपचाररत उनको आज पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार क्षेष्ठले जानकारी दिए। उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै आज सुदूरपश्चिमा २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ७ सय ९ नमुना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा १३ जनाको नमुना परीक्षण गर्दा १ जना, महाकाली अस्पतालमा २५ जनाको नमुना परीक्षण गर्दा ३ जना र डडेल्धुरा अस्पतालमा १४ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।