तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेकपा माओवादी केन्द्रबाट अलग भएर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादीहरुको जिम्मेवारी एमालेबाट पनि खोसिएको छ ।
सोमबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेर पार्टी २०७५ जेठ २ मै फर्काउने निर्णय गरेसँगै पूर्वमाओवादी नेताहरुको जिम्मेवारीविहिन भएका हुन् । एमालेले २०७५ जेठ २ मै फर्काउने निर्णय गरेसँगै अब एमाले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी भीम रावलले पाएका छन । पार्टी २०७५ जेठ २ मै फर्काउने भनिएपछि यसअघि सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पाएका लेखराज भट्ट जिम्मेबारी बिहिन बनेका हुन ।
भट्ट संगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेकपा माओवादी केन्द्रबाट अलग भएर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादीहरुको जिम्मेवारी पनि एमालेबाट खोसिएको छ । लेखराज भट्ट संगै माओवादी छाडेर एमाले प्रवेश गर्ने रामबहादुर थापा ‘बादल’, मणि थापाको जिम्मेवारी खोसिएको छ । उनीहरुको ठाउँमा एमालेकै साविकका नेताहरुले जिम्मेवारी सम्हालेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई भागमा विभाजित हुँदा ओली समूहले पूर्वएमाले नेताहरुले सम्हाल्दै आएको ठाउँमा पूर्वमाओवादी नेतालाई जिम्मेवारी सुम्पेको थियो । जसमा बादललाई बाग्मती प्रदेशको ईन्चार्ज, मणि थापालाई कर्णाली र लेखराज भट्टलाई सुदूरपश्चिमको ईञ्चार्ज बनाइएको थियो । तर, सोमबार पार्टीलाई जेठ २ कै संरचनामा फर्काउने निर्णय भएसँगै पूर्वमाओवादी नेताको ठाउँमा एमालेकै नेताहरुले जिम्मेवारी पाएका छन् ।
एमालेले प्रदेश १ को ईञ्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ्ग, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल पूर्ववत जिम्मेवारी तोकेको छ । यसैबिच नेकपा एमालेले प्रदेश तहमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको छ । अन्तर पार्टी निर्देशन–१२ मा विभिन्न ३२ नेतालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको हो । जसअनुसार १० बुदे कार्यान्वय गर्न सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापालाई जिम्मेवारी तोकिएको हो ।