धनगढी । राष्ट्रिय जनमोर्चा पार्टी केन्द्रिय कार्यालयले सुदूरपश्चिमका कार्यकर्तालाई धम्क्याउन शुरु गरेको आरोप लगाएका छन ।
आइतबार प्रदेश कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष लोकेन्द्र लम्सालले समाचार मार्फत बदनामा गर्न खोजेको र कार्यकर्तालाई धम्क्याउन शुरु गरेको आरोप लगाएका हुन् ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय कमिटिको नियन्त्रणमा रहेको युग दर्शन नामक अनलाईनमा अर्को पार्टीमा जान पदको बार्गेनिङ गरेको, प्रायोजक खोजेर महंगो होटलमा गुटको भेला गरेको जस्ता अफवाह फैलाउँदै समाचार सम्प्रेषण गरिएको सो समुहको आरोप छ । उक्त समाचार प्रति आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै केन्द्रिय नेतृत्व संग रुष्ट बनेर प्रदेशमा समानान्तर कमिटि गठन गरेको लोकेन्द्र लम्साल समुहले आफुहरु कुनै पार्टीमा जान नलागेको र कसैको आर्थिक प्रयोजकमा भेला नगरेको प्रष्ट्याएकोछ ।
‘उनले अनलाई पत्रिकाले भने जस्तो अरुको प्रायोजनमा होटलमा कार्यक्रम नगरिएको बताए । कार्यक्रममा आएका कार्यकर्ताबाट उठाएको लेवि संगै नपुगेको पैंसा सवै मिलेर उठाउँदै हामीले भदौं ८ र ९ गते बिपिआई सेन्टरमा कार्यक्रम सञ्चालन गरेकाहौं’ उनले भने–‘मुख्यमन्त्रीसंग भेट नै भएको छैन, विनामगर संग बार्गेनिङ गरेको भन्नेकुरा काल्पनिक मात्रैहो ।
पार्टी अध्यक्ष लम्सालले लामो समयदेखि पार्टीभित्र गलत राजनीति, दक्षिणपंथी अवसरवाद, व्यक्तिवाद प्राधिकारवाद, जडसुत्रवाद, संसदवाद र नोकरशाही प्रवृति जारी रहेको बताए । उनले यस्ता प्रवृतिविरुद्ध निरन्तर संघर्ष गर्ने बताए ।