धनगढी। पुर्व प्रधानमन्त्री भट्टराई र युबा नेता महर बीच भेट भएको छ । जनता समाजवादी पाटीका संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता तथा नेपाल बिद्यार्थी संघका निबर्तमान केन्द्रिय अध्यक्ष नयन सिंह महर बीच भेट भएको छ ।
शनिवार विहान पुर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई संग धनगढीको रुवस होटलमा भेट भएको हो। भेटमा समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको महरले जानकारी दिए। भेटमा नेता महरले देश र जनताको पक्षमा भट्टराईले उठाएका मुद्दाहरु साच्चीकै अब्बल भएको र त्यसको कार्यान्वनमा ध्यानकेन्द्रीत हुन नसकेको जानकारी गराए ।
पुर्व प्रधानमन्त्री भट्टराईले यस बारेमा थप छलफल बहस गरेर निष्कर्षमा पुग्नु पर्ने कुरामा जोड दिए । धनगढी पुगेका भट्टराई र महर पाटी काम बिशेषले धनगढी आएका हुन । पुर्व प्रधानमन्त्री भट्टराई पाटी फुटे पछी पहिलो पटक धनगढी आएका हुन उनी धनगढीमा हुने जनता समाजवादी पाटीको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आएका हुन भने नेपाल बिद्यार्थी संघका निबर्तमान केन्द्रिय अध्यक्ष नयन सिंह महर भने आसन्न्न १४ औं महाधिवेशनलाइ लक्षित गरि भेटघाट गर्न तथा पाटीले आयोजना गरेका कार्यक्रममा सहभागी हुन धनगढी आएका हुन ।