कञ्चनपुर। कञ्चनपुरमा अवैध सिमलको काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा कञ्चनपुरको भिमदत्त नगरपालिका १० गज्जर बाट बेवारिसे अवस्थामा सिमलको काठ बरामद गरेको हो।
प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले अवैध ५ गोलिया अर्थात् ३८। ३६ क्यू फिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बरामद गरीएको अबैध काठ आवश्यक कार्वाहीकोलागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको प्रहरीले जनाएको छ।