कञ्चनपुर । शुक्रबार कञ्चनपुरमा एक जना कोरोना संक्रमित ब्यक्ती मृत्यु भएको छ। कोरोना संक्रमणका कारण शुक्रबार शुक्लाफाँटा नगरपालिका १० का ४७ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमदत्त नगरपालिकाका ३ जना,दोधारा चाँदनी नगरपालिकाका ६ जना,पुर्नवास नगरपालिकाका २ जना र बेलकोट ,कृष्णपुर नगरपालिका, लालझाडी गाँउपालिकाका १/ १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा अहिले ६ जना अस्पतालको आइसोलेनमा छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।