बैतडी। जिल्ला प्रशासन कार्यालय बैतडीले १ सय बर्ष पुरा गरेका एक वृद्धालाई नागरिकता प्रदान गरेको छ ।
१ सय बर्ष पुग्दा सम्मपनि नागरिकता नबनाएका जिल्लाको मेलौली नगरपालिका वडा न. ६ हतरंगाकी सन्जादेवी भट्टलाई बिहीबार नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए।
विगतमा सामाजिक सुरक्षा भत्ता पाउनका लागि वडाबाट दिइएको अस्थाई निस्साले काम गर्ने भएपनि अहिले बैंक खाता अनिवार्य गरिएको हुदाँ आमाको नागरिकता बनाएको सञ्जाका छोरा बिरदत्त भट्टले बताए । आमालाई गाडी बुकिंग गरेर नागरिकता बनाउन जिल्ला प्रशासन पु¥याइएको उनले बताए । उनले भने ‘आमाले एक सय बर्षमा नागरिकता पाउँदा खुसी हुनुभएको छ । हामीलाई पनि खुसी लागेको छ ।’