धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीमा डेंगु रोगका २२ जना नयाँ संक्रमित फेला परेका छन । लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीमा एकपछि अर्कोमा डेंगु रोग देखिन थालेपछि आज चिसापानीमा एक दिने निःशुल्क डेंगु रोग परिक्षण शिविरको आयोजना गरिएको थियो । संकास्पद १ सय जनाको परिक्षण गर्दा १४ जना महिला र ८ जना पुरुष गरी २२ जनामा डेंगु संक्रमण देखिएको लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले जानकारी दिइन्।
यसअघि चिसापानीका करीब ३ दर्जन बढीलाई डेंगु रोगको संक्रमण देखिसकेको छ । केहिलाई सञ्चो भएर घर फर्किएका छन, भने केहि उपचार गरीरहेका छन । चिसापानी क्षेत्रमा महामारीको रुपमा डेंगु देखिन थालेपछि लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना, वडा नम्बर ३ को संमन्वय, लम्कीचुहा अस्पतालको प्राविधिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालय कैलालीको किट सहयोगमा आज चिसापानीमा संकास्पद विरामीहरुको डंगु रोग परिक्षणको लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीएको हो ।
डेंगुका विरामी संख्या बढदै् गएपछि रोग न्यूनिकरण तथा नियन्त्रणको लागि लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्ने, बयश्यक लामखुट्टे मार्न बिषादी छर्किने काम चिसापानीमा शुरु गरी सकेको लम्कीचुहा नगरपालिकाले जनाएको छ । लम्कीचुहा नगरपालिकाको स्वाथ्य शाखा, वडा कार्यलयका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयम सेविका, सुरक्षाकर्मि र सरोकारवलाहरुको सहयोगमा अभियान चलाइएको नगरपालिकाले जनाएको छ ।