धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २४ जनामा कोरोना पुष्टि भएको छ ।अस्पतालको प्रयोगशालामा ८२ नमूनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ५८ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा भने १ जना अस्पतालबाट डिस्चार्ज भएकोमा थप ३ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै आइसियुमा ५ जना र भेन्टिलेटरमा २ जना उपचाररत रहेको अस्पतालले जनाएको छ ।