धनगढी । धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकाको दर्शनका क्रममा पहिलोपटक साईकल पुगाईको इतिहास रचेको अनुभब फारवेस्टर्न राईडर्सले गरेको छ ।
धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका माताको दर्शन गर्ने क्रममा यही भाद्र १ गते बिहान प्रस्थान गरेको साईकल यात्री सहित ११ जनाको टिम बडिमालिका यात्रामा निस्कीएको थियो ।
त्रीवेणी धाम, कालिकोट, बडिमालिका माता बाजुरा, नाट्यश्वरी माता बाजुरा, बैधनाथ धाम अछाम, शैलेश्वरी माता डोटी, भागेश्वर देवता डोटी, सालमुनी देवता डोटी, उग्रतारा माता डडेल्धुरा, घण्टेश्वर बाबा कैलालीको दर्शन गरि लगातार ७ दिनको यात्रा सम्पन्न गरेर हिजो राति धनगढी पुगेको निसर्ग अस्पतालका निर्देशक कुबेर शाहीले आफ्नो अनुभब सामाजिक सञ्जालमा मार्फत ब्यक्त गरेका छन् ।
उनले लेखेका छन् – यस क्रममा बडिमालिका यात्रा निकै कष्टकर हुँदाहुँदै पनि दर्शन गर्न र त्यहाँको सुन्दरतामा मोहित हुन जानको लागि आँट गर्न नसक्नेहरुलाई केही हौसला मिलोस भन्ने उद्देश्यले काठमाडौंबाट आउनुभएका साईकल यात्री विकास महर्जन र फारवेस्टर्न राईडर्सका संस्थापक भरत विक्रम शाहले ४२०० मिटरको उचाइमा साईकल पुगाएर सफलता प्राप्त गर्नुभएको छ, ईतिहास रच्नुभएको छ । उहाँहरुले साइकल खेल मार्फत यहाँको धर्म, संस्कृति, आस्था र पर्यटनलाई जोड्न खोज्नुभएको हो । बडिमालिकामा मात्र नभएर समुद्र सतहदेखी यति उचाईमा र लगातार ५ दिन हिँड्नुपर्ने ठाउँमा साईकल पुगाउने उहाँहरु बाहेक सम्भवत अरु नहोलान वा भएपनी थोरैमात्र होलान् । साइकल यात्री तथा फारवेस्टर्न राईडर्सका संस्थापक भरत विक्रम शाहले जानकारी दिएका छन् ।
समुन्द्र सतहदेखी ४२०० मिटरको उचाईमा रहेको सुदुरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिका माताको दर्शन र बडिमालिका भ्रमणका क्रममा उचाईका कारणले हुने स्वास्थ्य समस्या, ज्वरो, रुघाखोकी, दुखाइ, पखाला, पेट दुख्ने, ग्यास्ट्रीक, मास्क, सेनिटाईजर, ब्याण्डेज, ह्यान्डप्लास्ट, चोटपटकको औषधि, दुखाईको स्प्रेरमलम लगायत आवस्यक पर्ने सम्पुर्ण औषधिहरु निसर्ग हस्पिटल धनगढीले वितरण गरेको छ । बाजुराको सदरमुकाम मार्तडी बजारबाट प्रस्थान हुने समयमा बजारमै, यात्राका क्रममा बिचमा पर्ने सोता भन्ने ठाउँमा, त्रीवेणी धाममा र बाटोमा यात्रा गर्ने क्रममा आवस्यक परेका करिब ४० जनालाई हस्पिटलले औषधि र करिब ६०० जनालाई मास्क वितरण गरेको निसर्ग हस्पिटलका संचालक कुबेर बहादुर शाहीले बताउनुभयो । आफू बडिमालिका यात्रामा जान लागेको र त्यहाँ विभिन्न स्वास्थ्य समस्या पर्नसक्ने भएकोले अन्य हरुलाई पनि केही अप्ठ्यारो नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत औषधि र मास्क सहित गएको संचालक शाहीले बताउनुभयो । त्रीवेणी धाममा पुगेर निसर्ग हस्पिटलले कालिकोटको रास्कोट अस्पतालको डा। भोजराज बम सहितको प्राविधिक टिमलाई बाँकी रहेको ४ पेटि औषधि र २००० पिस मास्क हस्तान्तरण गरेको थियो । रास्कोट अस्पतालको टिमले त्रीवेणी धाम र बडिमालिका मन्दिर परिसरमा करिब ३०० जनालाई चेकजाँच र औषधि वितरण गरेको डा। भोजराज बमले जानकारी दिनुभयो । यस यात्रामा बाजुरा जिल्ला अस्पतालको चिकित्सकीय र प्राविधिक टिम पनि औषधि सहित गएको थियो ।
टिममा रहेका ग्रीन गोदावरी रिसोर्टका प्रबन्ध निर्देशक रवि भट्टले धार्मिक पर्यटनलाई सघाउ पुगोस भन्ने उद्देश्यले टिमको लागी आवश्यक पर्ने टेन्ट, म्याट, स्लिपिङ्ग ब्याग, स्टिक हरु उपलब्ध गराउनु भएको थियो भने यस धार्मिक तथा पर्यटकीय यात्रामा कैद गरिएका मनमोहक दृश्यहरु आफ्नो रिसोर्टमा कोठाहरु तथा अन्य ठाउँमा सजाएर त्यहाँको पर्यटनलाई प्रबर्द्धन गर्न सहयोग गर्ने ग्रीन गोदावरी रिसोर्टका भट्टले बताउनुभयो ।
यस यात्रालाई सम्भव बनाउन विशेष भुमिका खेल्ने प्रदेश खेलकुद परिषदका सदस्य दुर्गा अधिकारीलाई टिमका अन्य साथीहरुले विशेष धन्यवाद व्यक्त गरेका छन् । वहाँ नभएको भए सायद यो यात्रा परिकल्पना समेत हुने थिएन होला, एकपटक पहिलेपनी गैसकेको भएर साथीहरूलाई जोडेर जानुपर्छ भनी वहाँले निकै मेहनत गर्नुभएको हो । धनगढीबाट प्रस्थान गरिसकेपछी सम्पुर्ण टिमका सदस्यहरु एक अर्काको सहारा, भरोसा, हिम्मत, उर्जा, बन्दै गयौं । यो धार्मिक पर्यटकिय यात्रा सम्पन्न गरिसक्नमा सम्पुर्ण टिमका साथीहरुको भुमिका अतुलनीय छ र प्रदेश खेलकुद परिषद मार्फत पनि यस क्षेत्रका लागि काम गर्ने प्र।खे।प। सदस्य दुर्गा अधिकारीले बताउनुभयो । टिममा रहेका सुदुरपश्चिम ११ स्पोर्ट्स क्लबका महासचिव प्रकाश शाहीले बडिमालिकाको धार्मिक आस्था र पर्यटकीय पाटोलाई प्रबर्द्धन गर्न खेलकुद मार्फत सहयोग गर्ने बताउनुभएको छ । उहाँले निकट भविष्यमा बडिमालिकामा फुटसल, भलिबल जस्तो कुनै एउटा खेल आयोजना गर्ने र त्यस प्रतियोगिता मार्फत यस ठाउँलाई प्रबर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।
यस टिममा भरत विक्रम शाह, बिकास महर्जन, कुबेर बहादुर शाही, दुर्गा अधिकारी, प्रकाश शाही, सुवास चन्द, रवि भट्ट, केशव भट्ट, कुशल विष्ट, रोशन भट्ट र किरन बोहरा सहित ११ जना थिए । धनगढीबाट गएको ११ जनाको टिम, मार्तडी बाट टिममा जोडिनुभएका दिर्घराज तिमिल्सिना ज्युको सम्पुर्ण परिवार, भरियाहरु, बाटोमा भेटिदै जानुभएका तिर्थालु यात्रुहरु, धनगढीबाट मार्तडी आउँदा जाँदा ल्याईपुर्याई दिने गाडी चालकहरु, विभिन्न ठाउँमा आलुचनाको झोल, रोटी, खिर, चिया, चाउचाउ, पानी व्यवस्था गर्नुहुने स्थानीय व्यवसायीहरु लगायत हामीलाई र सम्पुर्ण तिर्थालु धर्मावलम्बी एवं पर्यटकहरुलाई सहयोग गर्नुहुने सम्पुर्णलाई विशेष धन्यवाद युथफोर्स जिल्ला संयोजक सुवास चन्दले बताउनुभयो ।बडिमालिका माताले सबैको कल्याण गरुन् ।