धनगढी। सेती प्रयोगशालामा १५७ जनाको कोरोना परिक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सेती अस्पतालको प्रयोगशालामा १५७ नमूनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तै ११३ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा अस्पतालमा ४ जना डिस्चार्ज भएकोमा थप ४ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । यस्तै ६ जनाको अस्पतालको आइसियुमा राखेर उपचार भैरहेको छ । भने १ जनालाई भेन्टिलेटरमा राखिएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा कुनै संक्रमित बिरामीको मृत्यु नभएको अस्पतालले जनाएको छ ।