निर्मल रैका,धनगढी। सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन ।सुदूरपश्चिम प्रदेशको आर्थिक सामाजिक परीवर्तन र भौतिक बिकास विकास तथा समृद्धिका लागि ज्ञापन पत्र बुझाइएको हो ।
डडेल्धुराका परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदको पहल तथा सुदूरपश्चिम प्रदेशका सांसद निर्वाचित नगरपालिका प्रमुख,उप–प्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षसहितको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरि ज्ञापनपत्र बुझाइएको हो ।
सुदुरपश्चिम प्रदेशका जनप्रतीनिधी तथा राजनितीकर्मीहरुले प्रधानमन्त्री देउवालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै प्रदेशलाई मुल प्रवाहमा ल्याउन सके आर्थिक सामाजिक परिवर्तन र भौतिक बिकास तथा समग्र विकास निर्माणमा निकै टेवा पुग्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा बिकास निर्माण तथा समग्र विकास निर्माण गरे समग्र सुदुरपश्चिम प्रदेश सँगै देश बिकास समृद्ध हुने जनाइएको छ ।
ज्ञापनपत्रमा धनगढी एयरपोर्टको स्तरोन्नती, पश्चिम सेती जलविद्युत आयोजना, डडेल्धुरामा स्वास्थ्य विज्ञान प्रतिष्ठान,धनगढी–डडेल्धुरा(भिमदत्त राजमार्ग)को अत्तरीया देखि डडेल्धुरा, स्याउले देखि सिलगढी (के.आइ.सिंह राजमार्ग), डडेल्धुरा देखि गोठालापानी सडक र खोड्पे त्यसै गरि चैनपुर सडक, महाकाली राजमार्गको सतबाँझ देखि दार्चुला खलंगा सडक, सिलगढी देखि अछाम मंगलसेन सडक र साँफेवगर देखि बाजुरा मार्तडी सडक चौडा गरी डबल लेनको सडक निर्माण र महेन्द्र राजमार्गको कैलालीको चिसापानी देखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडक चौडा गरि सडक निर्माण गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।