बैतडी। बैतडीमा अविरल वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन् । बैतडीको पाटन नगरपालिका–१० मा बिहीबार रातिदेखि परेको वर्षाका कारण आएको पहिरोले दुई घर पुरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार स्थानीय हर्क कुँवर र हिक्मत कुँवरको घर पहिरोले पुरिएका हुन्। पहिरोले घर पुरिएसँगै हर्कका तीन भैँसी, गाई र १० वटा कुखुरा मरेका छन् भने खाद्यान्न, लत्ता कपडा सबै क्षति भएका छन्।
अर्का पीडित हिक्मतका एक गाई, पाँच वटा बाख्रा र १५ कुखुरा पहिरोमा पुरिएर मरेका छन्। तर पहिरो गएको थाहा पाएपछि दुवै जनाका परिवार भागेर ज्यान बचाउन सफल भएका छन्।