बैतडी। सुर्नया नदिमा बगेर युवक बेपत्ता भएका छन्। बैतडीको शिवनाथ गाउँपालिका घर भई डडेल्धुराको भागेश्वर गाउँपालिमा ३ मा बस्दै आएका ४२ वर्षिय रामसिँह साउँद सुर्नया नदिमा बगेर बेपत्ता भएका छन।
बिहीवार शिवनाथ गाउँपालिकाबाट भागेश्वर आउँदै गरेका साउँद सुर्नया नदिमा बगेर बेपत्ता भएका, बेपत्ता साउँदका भाई रमेश साउदले बताए । सो घटना बिहीवार साँझ ६ बजे भएको भएपनि आफुहरुले २ घण्टापछि मात्र जानकारी पाएको शर्माली चौकीका प्रहरी सहायक निरिक्षक चक्रसिँह धामीले बताए ।
उनले घटनाको जानकारी पाउँनासाथ शुक्रवार विहान प्रहरी टोली घटनास्थलमा खटाएको बताए । प्रहरी टोली खटाएर उनको खोजी कार्य जारी रहेको भएपनि भेट्टाउन नसक्दा प्रहरी टोली फिर्ता भइसकेको र काँसको पुत्ला जलाएर उनको अन्त्यष्टी गरीएको समेत उनले बताए ।