निर्मल रैका,धनगढी। नेकपा (एमाले) का नेता तथा महासचिव इश्वर पोखरेलले लोकतान्त्रिक राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनमा केही व्यक्तिहरूबाट कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भएको बताएका छन ।
उनले सामाजिक संजाल ट्विटर मार्फत भनेका छन दुःखका साथ भन्नुपर्दा – यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको लेखका छन । उनले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसविच पार्टी अध्यक्ष लगायत विभिन्न साथीहरूले गर्नुभएको अनगिन्ती प्रयासका बाबजुद आज एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने अपराधपूर्ण काम भएको बताएका छन । उनले पार्टीभित्रको एकतालाई जोगाइ राख्न पटक पटक अपिल गरेको र । माधव नेपाल लगायत अन्य नेता सङ पटक पटक कुराकानी गरेको छु भनेका छन ।
नेकपा (एमाले) मुलुकमा आर्थिक विकास र सम्वृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रत ,आदि उद्देश्य बोकेर अघि बढिरहेको पार्टी हो भनेका छन । उनले नेकपा (एमाले) प्रतिकूलताहरूसित जुद्धै आएको बताएका छन । पुर्व उप-प्रधानमन्त्री समेत रहि सकेका नेता पोखरेलले नेपाली जनताबाट अनुमोदित गतिशील राजनीतिक पार्टी भएको र । यो गतिशील पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने भनेका छन ।