कञ्चनपुर। कञ्चनपुरको ब्रह्मदेव स्थित सिद्दनाथ सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुक र जंगली बँदेल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका अनुसार जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव स्थित सिद्दनाथ सामुदायिक वनबाट बन्दुक र मृत बँदेल बरामद गरेको हो ।
सशस्त्र प्रहरीको बिओपी ब्रह्मदेवबाट खटिएको पैदल गस्ती टोलीले बरामद गरेको बन्दुक र बँदेल आवश्यक कारबाहीका लागि सब डिभिजन बन कार्यालय ब्रह्मदेवमा बुझाइएको गणले बताएको छ।