धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा ९४ नमूनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ८० जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा अस्पतालमा ९ जना कोरोनामुक्त भएकोमा थप २ जना अस्पतालमा भर्ना भएका छन् । १ जनाको आइसियूमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।