धनगढी। धनगढी स्थीत सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गर्दा ३० जनामा पुष्टि भएको देखीएको छ।
अस्पतालको प्रयोगशालामा १६४ जनाको नमुना परिक्षण गरिएकोमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा१८ जना कोरोना संक्रमित बिरामी उपचाररत छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ जना निको भएर घर फर्किएका छन्। भने ४ जनाको आइसियुमा राखेर उपचार भैरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भैरहेको सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।