काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताएका छन् । काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको बताए ।
त्यसका लागि उपमहासचिव घनश्याम भुसालले सम्वाद गरिरहेको समेत नेता नेपालले जानकारी दिए । तर अध्यक्ष ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने उनले बताएका छन् । बैठकमा केन्द्रीय सदस्यहरुमध्ये ठाकुर गैरे मात्र बोलेका थिए । उनले नेता नेपाललाई विष पिएर भए पनि पार्टीको एकता जोगाउन आग्रह गरेका छन् ।