कञ्चनपुर। कञ्चनपुरका एक व्यक्तिले अस्पताल पुर्यादिनुस् भन्दा भन्दै गौरीफन्टा नाकामा मृत्यु भएको छ । गौरीफन्टा नाकामा उक्त ब्यक्ती भारतको खटिमाबाट उपचार गरेर आएका थिए। बिरामी अवस्थामा रहेको बताएका ति पुरुषको गौरीफन्टा नाकामै मृत्यु भएको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका ५२ वर्षीय खडकबहादुर शाहको गौरीफन्टा नाकास्थित पिपल चौतारीमा पल्टिरहेको अवस्थामा मृत्यु भएको डोकेबजार प्रहरीले जनाएको छ । उनले प्राण त्याग्नु अघि आफू गड्डाचौकी नाका हुँदै खटिएमा उपचार गएको र मंगलबार गौरीफन्टा नाका हुँदै फर्किएको बताएका थिए ।
पिलचौतारमा सुतिरहेको देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनले आफू बिरामी भएको र आफूलाई अस्पताल लगिदिन प्रहरीलाई आग्रह गरेका थिए । उनको आग्रहपछि प्रहरीले धनगढीस्तिथ सेती प्रादेशिक अस्पतालमा खबर गरेर एम्बुलेन्स मगाउँदै गर्दा उनले सोही ठाउँमा प्राण त्यागेका थिए । उनको मृत्यु भएपछि प्रहरीले भर्खरै उनको परिवारलाई खबर गरेको छ । अहिले प्रहरीले उनको शव शवबाहनमा राखेर सेती अस्पताल पुर्याउने तयारी भइरहेको जनाएको छ ।