धनगढी। आज सुदूरपश्चिममा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा पीसीआर र एन्टिजेन बिधिबाट ९ सय ५ जनाको नमुना परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
यस्तै सुदूरपश्चिममा सोमबार ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ४१ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।