बाजुरा। बाजुराको जुड्डीमा आम्शीक रुपमा कर्णाली नदि थुनिएको छ ।स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो आएपछि कर्णालीको केही भाग थुनिएको हो।
रुडि गाउँको मुनीबाट २/३ दिन देखी निरन्तर सुख्खा पहिरो खस्न थालेको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए। पहिरो खस्न थालेपछि कर्णालीलाइ सागुरो बनाएर केही भाग थुनिएको छ।
कर्णालीको केही भाग थुनिएपछि जगन्नाथ गाउँपालिकाले निर्माण गरिरहेको खेलकुद मैदान समेत उच्च जोखिममा रहेको छ। त्यस्तै कर्णाली करिडोरको भाग पनि जोखिममा रहेको छ । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका १ को छुद्ररी नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां, माटो नदी खसिरेको छ ।
जगन्नाथ गाउँपालिकाको केन्द्रको पारि पट्टी पहिरो बग्न थालेपछि गाउँपालिकाको कार्यलय, प्रहरी चौकी लगायतको बस्ति समेत जोखिममा रहेको छ । पानि पनि धेरै आएको छैन्, तर चट्टान नै फुटेर पहिरो आइरहेको छ। तिन दिन देखि लगातार पहिरोले स्वामीकार्तिक खापर गाउँपालिका १ जगन्नाथ गाउँपालिका २ र ३ मा कर्णाली तटिय क्षेत्रमा रहेका बस्तिहरु उच्च जोखिममा रहेको छ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी मदनजित महराका अनुसार सुख्खा पहिरो निरन्तर आइरहेको वताए । पहिरो आएको ठाउँमा कर्णाली नदिलाइ साघुरो बनाएर आम्शीक रुपमा पानि जम्मा भएको छ । प्रहरी चौकी त्यहि नजिक रहेको छ, प्रहरीले अपडेट गरिरहेको छ । पहिरो आएपछि कर्णाली नदिको केही भाग थुनिएर ताल बनेको छ, नदि साघुरो ठाउँमा बगिरहेको छ ।सुख्खा पहिरोले स्वामिकार्तिक गाउँपालिका रूणी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको स्थानीय नन्द बहादुर खत्रीले बताए । गाउँ त बाट कडा चट्टान समेत खस्न तालेपछि माथि रहेको बस्ति निकै जोखिममा रहेको हो ।