धनगढी। सेती प्रादेशिक अस्पतालमा आज एक जना कोरोनाको संक्रमीत महिलाको मृत्यु भएको छ।
कन्चनपुर भिमदत्त नगरपालिका १८ की ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालको प्रयोगशालामा १५५ जनाको कोरोना परिक्षण गरिएकोमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै १३४ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
हाल अस्पतालमा १८ जना उपचाररत छन् । यस्तै ५ जना कोरोना संक्रमित बिरामी निको भई घर फर्किएकोमा थप ३ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् । यस्तै ४ जना कोरोना संक्रमितको अस्पतालको आइसियुमा उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।