डोटी। डोटीमा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका-६ मा विषालु सर्पको डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार साँझ घरको आँगनमा खेलिरहेका बेलामा उनलाई सर्पले डसेको थियो ।डसाइबाट अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।