धनगढी। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले मृगौला तथा मुुत्र रोग सम्बन्धि निःशुल्क चेकजाँच शिविर सम्पन्न गरेको छ। हस्पिटलले गत साउन २४ गतेदेखि सुरु गरेको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको हो ।
शिविर अवधीभर तीन सय ७५ जना बिरामीले निःशुल्क सेवा लिएका छन् । जसमध्ये ४० जनाको जटिल प्रकृतिको शल्यक्रिया र १० जनाको सामान्य खालको शल्यक्रिया गरिएको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए । मृगौला तथा मुुत्र रोग सम्बन्धि निःशुल्क चेकजाँच शिविरमा निसर्ग हस्पिटलका मृगौला तथा मुत्ररोग शल्यचिकित्सक डा.प्रज्ञान ख्वाउँजुले विरामीलाई निःशुल्क चेकजाँच तथा उपचार सेवा प्रदान गरेका थिए ।
साथै विरामीहरुलाई धैर्यतापूर्वक राम्रोसँग स्वास्थ्य परीक्षण तथा परामर्श दिइएको र उनीहरु सन्तुुष्ट हुनेगरि सेवा दिइएको हस्पिटलले जनाएको छ। शिविरमा सहभागि भएकामध्ये अधिकांश विरामीले अल्ट्रासाउण्ड, एक्सरे लगायत विभिन्न ल्याब परीक्षण सेवालिनुुका साथै जटिल खालको शल्यक्रिया गर्नेहरुलाई हस्पिटलकोे आकस्मिक कक्षमै भर्ना गरेर सफलतापूर्वक शल्यक्रिया गरिएको हस्पिटलले जनाएको छ।
बिरामीले निःशुल्क सेवा पाएपछि सुखी भएका छन्। शिविरमा कैलाली र कञ्चनपुर सहित सुदूर पहाडका जिल्लाबाट समेत आएर विरामीले उपचार सेवालिएको हस्पिटलका अध्यक्ष पन्तले जानकारी दिए। निसर्ग हस्पिटलले अहिले मृगौला तथा मुत्ररोग शल्य चिकित्सक सेवा २४ सै घण्टा दिइरहेको छ भने सीटी स्क्यान सेवा सेमत दिदै आएको छ ।