धनगढी : पछिल्लो समय धनगढी शिक्षा क्षेत्रको हब बन्दै गएको छ । निजि क्षेत्रले यहाँ शिक्षा क्षेत्रमापनि निकै लगानी बढाइरहेका छन् । निजि क्षेत्रको लगानी र बिभिन्न बिषयको पठन पाठन धनगढीमै हुन थालेपछि यहाँका बिद्यार्थीले बाहिर गएर उच्च शिक्षा अध्यायन गर्नुपर्ने बाध्यतापनि हटेको छ । करिब १० बर्षदेखी धनगढीमा रहेर एक्सिस बिद्याश्रमले पनि पठन पाठन गराइरहेको छ । एक्सिस बिद्याश्रमले दिने शिक्षा र बर्तमान शैक्षिक अवस्थाका बारेमा स्टेट सेभेन अनलाइनका सह सम्पादक दिनेश बिष्टले एक्सिस बिद्याश्रमकी प्रिन्सीपल अनिता पन्तसंग गरेको कुराकानी
मेडम एक्सिस बिद्याश्रमको पृस्टभुमी र तपाइले लिएपछि अहिलेसम्मको अवस्थाबाट कुरा शुरु गरौँ
एक्सिस बिद्याश्रम २०६१ म स्थापना भएको हो । स्थापनाकालमा केही साथीहरुले सञ्चालन गरिराख्नुभाथ्यो ग्लोबल स्कुलका नामले र २०६६ सालमा हामीले लिएर एक्सिस बिद्याश्रम नाम बनाएर सञ्चालन गरिरहेका छौँ । शुरुमा कक्षा १० सम्म एक सय जना बिद्यार्थी हुनुहुन्थ्यो अहिले १ हजार ५ सय बढी बिद्यार्थीहरु छन् । अहिले बिद्यालयले कक्षा १२ सम्म सञ्चालन गरेको छ । सुदूरपश्चिममै फरक छाप बनाउन स्कुल सफल भएको छ ।
स्कुल सञ्चालन पुर्वनै शिक्षा क्षेत्रमा हुनुहुन्थ्यो या पछि नै ?
मेरो पृस्टभुमी शिक्षा नै हो । पहिलापनि म शिक्षण पेषामै आबद्ध थिए । म हुर्केको घरमापनि बढि जसो शिक्षा क्षेत्रमै आबद्ध हुनुहुन्थ्यो मेरा लागी पेषा नौलो थिएन ।
१ सय जना बिद्यार्थीबाट १५ सय बिद्यार्थी पु¥याउँदासम्मको मेहेनत कति गर्नुप¥यो ?
मेहेनत त निकै गरियो लगानी एकदमै बढेको छ । २०६६ सालमा बिद्यालयहरु धेरै थिएनन् यहाँका अबिभावकहरुले गुणस्तरिया शिक्षा दिने बिद्यालयहरु खोजिराख्नुभाथ्यो । त्यो बेला हामीले सञ्चालन गरेको बिद्यालयका लागी लगानी, मेहेनेत अनी शिक्षक लगायत सबैले मेहेनत निकै गर्नुप¥यो । अहिले निकै प्रतिस्ठित बिद्यालय बनेको छ । यति राम्रो बिद्यालय कसरी भयो भन्ने कौतुहलता सबैलाई लाग्ला तर यो सफल हुनुमा म लगायत मेरो सम्पुर्ण टिमको मेहेनत, समय र लगानी हो ।
अहिले अबिभावकको रुचीपनि फेरिएको छ बिद्यालयले पनि आवश्यक्ता अनुसार आफुलाई अपग्रेड गर्दै गइरहेको छ । आज भन्दा १० बर्ष अगाडी र अहिले धेरै फरक छ । हामीले समय अनुसार आफ्ना शैक्षिक गतिबिधि अगाडी बढाउने हो भने सफलता पाइन्छ । अबिभावकलाई हामीले सकेसम्म शन्तुस्टी दिइरहेका छौँ उहाँहरुका सुझावलाई ग्रहण गर्दै हामीले अबिभावकको चाहाना अनुसारनै शिक्षा दिइरहेका छौँ ।
हामीकहाँ पढाई कस्तो हुन्छ कुन किसिमबाट अध्यापन गराइन्छ ?
अहिले त कोभिडका कारण अनलाइन क्लासमै छौँ ।तर जतिबेला भौतिक रुपमै क्लास शुरु हुन्छन् त्यो बेला बिद्यालयले शिक्षा संगसंगै अन्य गतिबिधिपनि सञ्चालन गर्छौँ । हरेक कक्षाहरु प्रबिधिमैत्री छ, कम्प्युटर ल्याब एउटा बच्चालाई एउटा कम्प्युटर पुग्नेगरी ल्याएका छौँ । पुस्तकालय, हरेक कक्षामा मल्टीमिडिया प्रोजेक्टर छ हामीले आधुनिक किसिमको शिक्षामा आवश्यक पर्ने सबै इक्युमेन्ट प्रयोग गरेका छौँ । जनशक्तीपनि राम्रै छ बर्षौँ देखीको अनुभव शिक्षकहरु छन् ।
अहिलेत +२ पनि सञ्चालन गर्नुभाछ के के बिषय छन् ?
सुदूरपश्चिममै पहिलो पटक हामीले ल शुरु गरेका थियौँ, ल छ हामीसंग म्यानेज्मेन्ट, कम्प्युटर साइन्स लगायत बिषयहरुलाई हामीले संगसंगै लगिरहेका छौँ ।
हाइ स्कुलको पछिल्लो नतिजा कस्तो छ ?
नतिजा त एकदमै राम्रो छ तर अहिले अबिभावकको सोचमा परिवर्तन आएको छ । पहिला अबिभावकहरुले एस एल सीमा प्रथम श्रेणी, डिस्टिकसन खोज्नुहुन्थ्यो । तर अहिले उहाँहरु डिस्टिकसन, फस्टबिजन भन्दापनि शिक्षासंगै आउट नौलेज केके पायो भनेर हेर्नुहुन्छ । अहिले त्यसको महत्वपनि घटेको छ ग्रेडिङ सिस्टमले तरपनि चासो त हुन्छ ।
तपाई लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्ध हुनुहुन्छ खास शिक्षामा कस्तो परिवर्तन आवश्यक छ ?
आजभन्दा १० बर्षअघीको शिक्षा र अहिलेको शिक्षालाई तुलना गर्न मिल्दैन पहिला र अहिलेको शिक्षाको धरातलनै परिवर्तन भएको छ । बिद्यार्थीहरुलाई शिक्षक भन्दापनि सुबिधा चाहिएको छ । बिद्यार्थीहरुमा भएको नौलेजलाई प्रयोगात्मक ढंगले प्रस्फुटन गर्न पाउँन । एकदमै परिवर्तन आएको छ । अबिभावक, बिद्यार्थी दुवैमा परिवर्तन आएको छ । बिद्यार्थीहरु शिक्षकभन्दापनि अगाडी छ पढाइमा त्यस कारण पढाई मात्रै नभएर सबै ज्ञानका लागी त्यही किसिमको बिद्यालय र शिक्षक आवश्यक हुन्छन् ।
कोभिडको प्रकोपले सबैभन्दा बढी शिक्षा क्षेत्रनै मारमा परेको छ । यो बिचमा के कस्ता समस्यासंग जुध्नुप¥यो ?
कोभिडले शैक्षिक क्षेत्र निकै अप्ठ्यारोमा पारेको छ । शैक्षिक संस्थानमा गाह्रो होला तर सबै भन्दा बढी समस्या बालबालिकालाई पारेको छ । अनलाइन क्लास त छन् तर अनलाइन क्लासले किताबी ज्ञान बाहेक कुनै अरु ज्ञान दिन पाएको छैन । सबै बिद्यार्थीहरु अनलाइन क्लासको पहुँचमा पनि पुग्नुभएन । बच्चाहरु बन्द एउटा कोठाभित्र बसिरहँदा मानसिक किसिमलेपनि समस्या आएको छ । बिद्यालय किताबी ज्ञान मात्रै नभएर सबै किसिमका ज्ञान पाइने क्षेत्र हो ।
सामाजिक कुराहरु, ब्यवहारिक कुराहरु एउटा मान्छेको रुपमा बिकास गर्ने बिद्यालयनै हो । एक बर्ष अँझै बिद्यालय बन्द हुने हो भने अधिकाशं बालबालिकामा मानसिक समस्या देखिन्छ । बालबालिकाको चौतर्फी बिकास हुन सकेन । शैक्षिक क्षेत्र संगै ब्यापार ब्यवसाय सबै ठप्प छ त्यसको अशर हामीलाई नपर्ने कुरै भएन ।
अनलाइन क्लासको प्रभावकारिता कस्तो छ ?
हाम्रोमा गत बर्ष अली कम थियो यो बर्ष असारबाट अनलाइन क्लास शुरु गरेका छौँ अहिलेसम्म आउँदा ९५ प्रतिशत बिद्यार्थी अनलाइन क्लासमा सहभागि छन् । हामीलाई एकदमै खुशीको कुरा हो धनगढीका अरु बिद्यालय भन्दा हाम्रोमा बढी होला अन्यमा यति सहभागिता न होला । अन्य बिद्यालयमा अध्यायनरत बिद्यार्थी यो पहुँचभन्दा बाहिर छन् यो चाहीँ दुखको कुरा हो ।
ठुला बिद्यार्थी त अनलाइन क्लासको पहुँचमा सबै हुनुहुन्छ होला तर यो पिजि गु्रपलाई चाहीँ समस्या छ होला नी अनलाइन क्लासमा आउन त ?
पिजि लेभलका बच्चाहरुलाई एकदमै गाह्रो छ किनकी त्यो लेभवका बच्चाहरु ऋाफै डिभाइस चलाउन सक्ने अवस्थाकापनि छैनन् । आफै अनलाइन क्लासमा बस्न सक्ने अवस्थापनि भएन उहाँहरुसंग एकजना अबिभावक अनिवार्य हुनुपर्ने हुन्छ । त्यसले गर्दा त्यो गु्रपमा समस्या नै छ । पिजि लेभलमा धेरै कम उपस्थिती छ ।
कोभिडको हल्ला आउने बित्तिक्कै शुरुमा बिद्यालय बन्द हुन्छन् के बिद्यालय बन्दनै गर्नुपर्ने अवस्था हो या मापदण्ड पालना गरेर भौतिक रुपमै बिद्यालय सञ्चालन गर्न सकिन्छ ?
वास्तवमै चिन्ताको बिषय छ । लकडाउन भनेको छ बजार सबै खुलेको छ बिद्यालय मात्रै बन्द छन् । निश्चित मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गर्नुपर्छ । मापदण्ड पालना भएको छ की छैन भनेर अनुगमन गर्ने निकायले अनुगमन गर्नुपर्छ बरु, सिप्टमा चलाउन सकिन्छ भौतिक रुपमा बिद्यालय चलाउनै नसकिने होइन नी । बालबालिकाको शिक्षाका बिषयमा सरकारनै गम्भिर नभएको हो की लाग्छ ।
पुरानै किसिमको शिक्षा भएर शैच्छिक बेरोजगार बढिरहेका छन् अब समय सुहाउँदो शिक्षा दिएर स्वरोजगार बनाउने तर्फ केन्द्रित हुनका लागी के आवश्यक देख्नु हुन्छ ?
पाठ्यक्रमत परिवर्तन हुँदैछ । तर अबको शिक्षा नैतिकतामा केन्द्रित भएर शिक्षा दिन आवश्यक देखेकी छु । अहिलेका बच्चाहरु आफ्नो धरातलनै बिर्षिरहेका छन् । सोच आधुनिक भएन हाम्रो देखावटी आधुनिक भयो । शिक्षाले बच्चाहरुमा जुन परिवर्तन ल्याउनुपर्ने हो त्यो ल्याएन यसका लागी सरकार संगै हामी जिम्मेवार ब्यक्तीहरुले गम्भिर बन्नुपर्ने छ । आफ्नो संस्कृती बिर्षनुत भएन नी । अग्रेंजी मात्र भनेर आफ्नो धरातल, संस्कृती, नैतिकता त बिर्षनु भएन नी त्यस कारण यस्तो पाठ्यक्रमपनि आउनुपर्छ ।
सबैमा अग्रेंजी मोह मात्रै छ एक्सिसमा कुन वातावरणमा पढाइन्छ ?
हामीले चाहीँ दुवै भाषालाई मिलाएर पढाउँछौँ । अग्रेंजी अन्तराष्टिय भाषा हो हामीले त्यसमा जोड दिनै पर्छ । त्यो संगै हाम्रो धरातल, हाम्रो संस्कृती, हाम्रो भाषा के हो त्यो बिषयलाइपनि छोड्नु त भएन नी । यी कुराहरु बच्चाहरुलेपनि बुझ्नुपर्छ त्यस कारण बच्चाहरुलाई नेपाली भाषामापनि सहभागी गराइरहेका छौँ । बिभिन्न अतिरिक्त क्रियाकलापमा बच्चाहरुलाई सहभागि गराउँछौँ ।