धनगढी। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ। आइतबार अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा २१ जना संक्रमित उपचाररत छन्।यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा १० जना कोरोनामुक्त भएकोमा थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्। अस्पतालको आइसियुमा ३ जना र भेन्टिलेटरमा १ जना बिरामी उपचारत रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।