धनगढी। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शनिबार थप ६ जनामा कोरोनाको संक्रमण देखिएको छ।
अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८६ नमूनाको परीक्षण गरिएकोमा ६ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै ८० जनाको रिपोर्ट निगेटिभ आएको छ। हाल अस्पतालमा २९ जना संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा अस्पतालमा ३ जना अस्पतालमा भर्ना भएका छन्। यस्तै ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये १ जना भेन्टिलेटर र २ जनाको आईसीयुमा उपचार भइरहेको छ।