म महापागल – विश्व अधिकारी
निराकार !
तिमी नै मरो अनि चराचर जगतको सृजना, भुमिका र अन्त्यको कारक हौ । म लगायत सारा सृष्टीको उत्पत्ती र समाप्ती तिम्रै अति सामान्य र नियमित प्रकृया हो । त्यसैले जसलाई जति जटिल लागे पनि तिमीले दिएको भुमिका जति सरल र सहजतताका साथ निर्वाह गर्न सक्यो त्यति नै मेरो जन्मबाट मृत्युसम्मको यात्रा सहज हुनेछ । तमीले हरेक सृजनामा अनेक रंग भरेका छौ त्यसैले त यो संसार मायावी छ, अचम्म छ, अद्भूत छ । असतोमा सद्गमय, तमसोमा जोतिर्गमय, मृर्त्योत्मा अमृतम् गमय । यति आत्मसात् गर्न सक्ने यो जूनी र जीवनी पनि तिम्रै कृपा हो ।
एक दिन म मर्ने छु । त्यस अघि तिमीसंगको साक्षात्कार र एकाकार नै मेरो अन्तिम प्रयास रहने छ । मलाई थाह छ सफल नभएसम्म मरो पुनरागमन हुनेछ । म स्पष्ट छु । यो अहंकार होईन प्रेमबाट मात्र सम्भव छ । यही अन्तिम विकल्प हो । अन्तिम लक्ष्य हो सरा जाती प्रजातीको । फरक यति छ कि म विशिष्ट छु किन भने तिम्रो संरचनाको म एक मात्र विवेकयुक्त प्राणी हुँ । म मान्छे हुँ । जीवन बाच्नका लागि खाना मरो पहिलो आवश्यकता हो । तर बिडम्बना यस्तो भएको छ कि ८४ लाख जूनीमा अन्य सबै प्राणीलाई आफ्नो खाना के हो भन्ने प्रष्ट छ । आधुनिक मानव आज पनि सोच्दैछ, खोज्दैछ र भोग्दैछ मेरो खाना के हो भनेर । मेरा बुवाले पिठ्यूमा १५ दिनको बाटो चामल बोकेर आधा घण्टा पानी अनि २, ३ घण्टा दाउरा खोजेर डोटीमा पढेको रे । आज एउटा डिपार्टमेन्ट स्टोर या पसलमा गएर म मेरो खानाको जोहो गर्न सक्ने अवस्थामा हुँदा या खाना नै नपाएर मर्नै पर्ने अवस्था नहुँदा पनि तिम्रो संरचनामा मान्छेको गति देखेर म महापागल भा को छु ।
निराकार !
तिम्रो सृष्टीमा यहाँ कोही पाएर पागल भएका छन् कोही गुमाएर पागल भएका छन् । कोही प्रसंशालो पागल भएका छन् कोही निन्दाले । कोही प्रेममा पागल कोही धोकामा । कोही जितेर कोही हारेर पागल। कोही धेरै सुतेर पागल कोही सुत्नै नसकेर पागल । कोही आशामा पागल को निराशामा पागल । कोही भावमा पागल कोही अभाबमा पागल। कोही ईमान्दार भएकोले पागल कोही बेईमान भएकोले पागल। कोही गिराउन पागल कोहि गिर्न पागल । कोही हसाउन पागल कोही रुवाउन पागल। कोही जितेर पागल कोही हारेर पागल। कोही राम्रो खबरले पागल कोही नराम्रो खवरले पागल। किन सब पागल छन् ?
निराकार !
तिम्रो लिलामा
म महापागल भा को छु