धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा सार्बजनिक खानेपानी धाराको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालीका ८ निवासी फोनीराम चौधरीको धर्मपत्नी स्व नोखिया देवी डगौरा र चन्द्र सिङ चौधरीको धर्मपत्नी स्व प्रतीभा चौधरीको सम्झनामा सार्वजनिक खानेपानी धाराको उद्घाटन गरिएको हो ।
धनगढी उपमहानगरपालीका वडा नम्बर ८ को कार्यालय अगाडी करिब डेढ लाखको लागतमा खानेपानी धाराको उद्घाटन धनगढी उप महानगरपालीकाका प्रमुख नृप बहादुर वडले रिवन काटेर धाराको उद्घाटन गरेका हुन् । नगर प्रमुख वडले सार्बजनिक खानेपानी धाराको स्थापना भएपछि सर्बसाधारणलाई आवतजवत गर्दा गर्मी समयमा चिसो र स्वच्छ पानी पिउन सजिलो हुने जानकारी दिए ।
खानेपानी धारा जडान भएकोले यस्ले सर्बसाधारणका लागी मानवताको काम भएको भने । साथै धनगढी उपमहानगरपालीकाले पनी बिभिन्न चोक चोकमा खानेपानी धारा जडानको ब्यवस्था गरिरहेको जानकारी दिए । यस्तै, धनगढी उपमहानगरपालीका वडा नम्बर ८ का वडाध्यक्ष नारायण बरालले फोनीराम चौधरीले श्रीमती र बुहारीको सम्झनामा खानेपानी जडान गर्ने उदेश्यका साथ धारा जडान गरेको भन्दै धन्यवाद दिए ।
उनले सरकारले गर्न नसकेको काम एक जना ब्यक्तीले डेढ लाखको लगानीमा धारा स्थापना गर्दा निकै सर्हानिय काम गरेको भने । कार्यक्रमका सभा अध्यक्षसमेत रहेका धनगढी ८ का वडा अध्यक्ष नारायण बरालले पुण्य स्मृती, नागपञ्चमी तथा गुरही पर्वको अवसरमा धारा उद्धाटन गरिएकोमा उपस्थीत जनाउने सबैमा धन्यवाद ब्यक्त गरे । प्रमुख अतिथी धनगढी उपमहानगरपालीकाका प्रमुख नृप बहादुर वड, अतिथी तथा समाजसेवी फोनीराम चौधरी तथा समाजसेवी चन्द्रसिँह चौधरी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।