धनगढी। सुदूरपश्चिमका क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरुले प्रस्तावितत गेटा मेडिकल कलेजलाई तत्काल सुप विश्वविद्यालयअन्तर्गत ल्याई अध्ययन अध्यापन गर्न माग गरेका छन् । संयुक्त ८ वटा विद्यार्थी संगठनहरुले आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै गेटा मेडिकल कलेज सञ्चालनमा राज्यले उदासिनता देखाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरुको ज्ञापन पत्रमा भनिएको छ । गेटा मेडिकल कलेज संचालनका लागी लामो समय देखी आवाज उठाउन र संघर्ष गर्दै आएको जानकारी दिएका छन् । संयुक्त विद्यार्थी संगठनहरुले ज्ञापन पत्र पठाउँदै तत्काल शैक्षिक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।
‘हालसम्म पनि मेडिकल कलेज संचालनको सन्दर्भमा राज्यले देखाएको उदासिनताले हामी सबै चिन्तित भएका छौँ,’ ,‘प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अगाडी बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम संचालनको मोडेल अझै तयार भएको छैन। अहिले आएर मेडिकल कलेजको रुपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर संचालन गर्ने भन्ने विषयमा छलफल भएको देखिन्छ। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत ल्याएर मेडिकल कलेजको रुपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुनेछ। ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा उल्लेख छ । मेडिकल कलेजलाई तत्काल सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम संचालनको नमूना तयार गरि आगामी वर्षदेखि प्रारम्भिक चरणको अध्ययन/अध्यापन सुचारु गर्न राज्यसंग विद्यार्थी संगठनले माग गरेका छन्। गेटा मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेपनि सञ्चालनको प्रारुप भने अझै टुंगो लागेको छैन। मेडिकल विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन गर्ने विषयमा टुंगो लागेको छैन् ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]