अन्तर्रष्ट्रिय युवा दिवस २०२१ का अवसरमा सुदुरपश्चिम प्रदेश युवा परिषले विभिन्न कार्यक्रम गर्दै युवा दिवस मनाएको छ । खाद्य प्रणालीमा रुपान्तरणःमानवर भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन” (”(Transforming Food Systems:Youth Innovation For Human and planetary Health))
भन्ने मूल नारा रहेकोयो बर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाउने क्रममा परिषदले २७ गते प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।
नौ वटा जिल्लाका गरि २९ जना सहभागी रहेको सो कार्यक्रम दुई समुहमा विभाजन गरि गरिएको थियो । प्रतियोगितामा १६ देखि २४ उमेर समुहको एक र २५ देखि ४० उमेर समुहका गरि छुट्टा छुट्टै प्रतिस्पर्धा गराइएको थियो । १६ देखि २४ उमेर समुहमा कन्चनपुरका समिर ओझा प्रथम भएका छन् भने, कैलालीका जानवी जोशी दित्तीय र बैतडीका प्रविन चन्द तृतीय भएका थिए ।
त्यसैगरी २५ देखि ४० उमेर समुहमा कन्चंनपुरकै विश्वेश्वर प्रशाद भट्ट प्रथम, कैलालीकी राजमती शाह “रक्षा”दित्तीय र कैलालीका विजय राना तृतीय भएका छन् । प्रथम दित्तीय र तृतीयलाई क्रमस १०,०००– ७०००– र ५०००– नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रमको निर्णायकमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक भवान सिंह चलाउने, साहित्यकार प्राध्यापक डा, टि. यन. जोशी, सामाजिक बिकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनार रहेका थिए ब्याक्तिको ब्याक्त्तित्व बिकास गर्न र क्षमता समेत पहिचान गरि युवाहरुलाई प्रोत्शाहन गर्न यो कार्यक्रमको आयोजना गरिएको परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए ।
त्यसै गरि परिषदले आज २८ aug-12 दिवसकै दिन परिषदले रक्तदान कार्यक्रम गरेको छ । चौलानी डिपार्टमेन्टल स्टोरको प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा १२५ जनाले रक्तदान गरेका थिए । कोरोना संक्रमणका कारण रगतको अभाव सृजना भएको कुरालाई मध्यनजर गर्दै रगतको अभाव नहोस भन्ने उद्देश्य र समाज सेवाको भावना जागृत गर्न कार्यक्रम आयोजना गरिएको परिषदका सदस्य शेर बहादुर बिष्टले बताए ।
परिषदका कार्यकारी उपाध्यक्ष कुँवरले युवाहरु परिवर्तनका सम्बाहक भएकोले राष्ट्र निर्माणका हरेक पाटो सामाजिक सांस्कृतिक राजनैतिक र आर्थिक क्षेत्रमा युवाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले परिवर्तित विश्व संगै बिज्ञान र प्रबिधि संग युवाहरुले जोडिनका लागि राज्यले समेत ठोस कार्यक्रम ल्याई अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए । सामाजिम बिकास राज्य मन्त्रि मनाकुमारी साउदको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन परिषदका सदस्य शेर बहादुर बिष्टले गरेका थिए ।