धनगढी । सामाजिक अभियान्ता चादँनी ऐरलाई भारतमा सम्मान तथा अभिनन्दन गरिएको छ ।
कञ्चनपुरको महेन्द्रनगर घर भई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भारतको राजधानी दिल्लीमा रहेकी ऐरलाई सेती माहाकाली प्रवास संघर्ष समिति भारत दिल्ली राज्य समितिले सम्मान तथा अभिनन्दन गरेको हो ।
ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालकी अध्यक्ष समेत रहेकी ऐरले समाजमा नकारात्मक कुराहरु हटाउदै नयाँ र सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खलेको र गरिब, पिछडिएका, दुखी, बाढी, पहिरो पिडितहरुको सहयोगकालागि अभियान मार्फत सहयोग गर्दै आएको भन्दै सेती महाकाली प्रवास संघर्ष समिति भारत दिल्ली राज्य समितिले सम्मान तथा अभिनन्दन गरेको हो ।
उनलाई एक कार्यक्रमका बिच खादा, माला लगाइ मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको जनाएको छ ।साथै आयोजक टिमले उनको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । बिरामी भएर उपचारका लागि दिल्लीमा पुग्दा एक्कासी दिल्लीमा रहेका नेपाली दाजुभाईहरुको माया, साथ र सहयोग पाउदाँ आफु निकै खुसी भएको ऐरले जानकारी दिइन् ।
उनले यो माया साथ हौसला र सम्मानका लागि आफु सदैब आभारी रहेने प्रवासमा रहेकाहरुको माया साथ हौसला सदैब पाइरहनेमा विश्वास ब्यक्त गरिन् । उनले आफु संघर्ष गरिहेकाले आफ्नो जिवन समाजसेवामै लगाउने बताइन् । कार्यक्रममा सेती महाकाली प्रवास संघर्ष समिति भारत दिल्ली राज्य समितिका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।